उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायमै रहने
काठमाडाैं | फागुन २८, २०७९
काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका राम सहायप्रसाद यादवको उम्मेदवारी यथावत रहने भएको छ ।
मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडैलले यादवको उम्मेदवारी यथावत रहने बताए । शर्माले भने,‘लिंग वा समुदाय फरक हुनुपर्ने गरी संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिदा खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय राम सहाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने देखियो ।’
यादवको उम्मेदवारी खारेजीको माग गर्दै उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उजुरी दिएका थिए। उनीहरूले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरित रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।
उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

